किरण केसीलाई १ लाख ११ हजार राशिको वासुदेव लुइँटेल पुरस्कार

काठमाडौं : यसवर्षको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य क्षेत्रमा आफ्नो चिनारी बनाएका कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।
गत शुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाइ सकेका केसीलाई १ लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरू मध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ ।
वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडेलगायत लेखकका हास्यव्यङ्ग्यसम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।
कलाकारसँगै फिल्म निर्मातासमेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्म हो , ‘लक्का जवान’ । रिलिजको लागि तयार रहेको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनी पछिल्लो समय विज्ञापन , म्युजिक भिडियो , टेलिफिल्ममा व्यस्त छन् ।

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

प्रतिक्रिया