संसद्को कारोबार सरकारी बैंकमार्फत, निजी बैंकमा खाता नचलाउन अर्थको निर्देशन

काठमाडौँ : संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक मार्फत सुरु भएको छ । संघीय संसद् सचिवालयले सरकारी खाताहरू सरकारको पूर्ण स्वामित्व रहेका बैंकहरूमार्फत मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस अघि संघीय संसद्को बैठकमा सांसदहरूले पटक-पटक सरकारी खाता निजी बैंक मार्फत सञ्चालन गरिएको विषय उठाउँदै आएका थिए । अन्य सार्वजनिक कार्यक्रमहरू र सञ्चार माध्यमहरूमा समेत यो विषय उठान भएको थियो । संसद् र अन्य माध्यमहरूमा कुरा उठेपछि सभामुखको गम्भीर ध्यानाकर्षण भएको थियो । यस सम्बन्धमा सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
२०७७ माघ ११ गते आर्थिक वर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थ मन्त्रालयले दिएको थियो । सचिवालयले गत असार ३१ गते पुन: ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसै गरि राष्ट्रिय बाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुबिधा विस्तरको लागि समेत अनुरोध गरिएको छ । यस अघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो ।

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

युरो एकको बिक्रीदर १६१ रूपैयाँ नाघ्दा अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार…

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया