बाढीले मेलम्चीको बाहुनेपाटी पक्की पुल पनि जोखिममा
काठमाडौँ : बाढीले गर्दा मेलम्चीको बाहुनेपाटी पक्की पुल जोखिममा परेको छ । मेलम्चीमा बाढीको सतह बढेपछि पुलको खम्बामा समेत बाढीले कटान सुरु गरेकाले जोखिम बढेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत मेलम्ची नगरपालिका १२ बाहुनेपाटीमा रहेको यो पुल मेलम्चीका लागि मुख्य सडक जोड्ने पुल हो । तर गएरातीदेखि आएको बाढीले गर्दा कटान गर्न थालेपछि पुल भत्किने जोखिम बढेको हो ।
यसअघि बाढीले बिहानै एउटा झोलुंगे पुल र चनौटेमा रहेको रातो पुल पनि बगाएको छ । रातो पुल बगाएसँगै मेलम्चीबाट हेलम्बु जाने सडक सम्पर्क टुटेको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया