जहाँबाट हेलम्बु र मेलम्चीमा बाढी आयो (फोटोफिचर)

काठमाडौँ : हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको हो । यद्यपी, उनले यसबारे कुनै धारणा सार्वजनिक गरेका छैनन ।
पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य छन् । जहाँ केही समय पहिले पनि पहिरो गएको थियो ।
मेलम्ची थुनिएपछि पानीको बहाब बढेर फुट्दा एकैपटक तटीय क्षेत्रमा बाढी आएको अनुमान गरिएको छ । ठूलो वर्षा नहुनु, तर एकैपटक ठूलो बाढी आउनुले माथिल्लो भेगमा मेलम्ची थुनिएर एकैपटक पानीको बहाब आउँदा बाढी आएको अनुमान गरिएको हो ।
यसअघि पनि हेलम्बु र मेलम्चीमा भीमाथाङमा पहिरो गएर थुनिएपछि बाढी आएको रहस्य खुलेको थियो । सो क्षेत्रको माटो कमजोर हुने र पटक पटक पहिरो गइरहने खालको भएकाले बेला बेला पहिरो जाने र लेदोसहितको बाढी आएको विज्ञहरुले बताएका थिए ।
मेलम्चीमा आएको बाढीका कारण हेलम्बु, किउल र मेलम्ची बजारका केही घर बगाएको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।
सबै फोटो : हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेनको फेसबुकबाट

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया