बाढीले चनौटेको रातो पुल पनि बगायो
काठमाडौँ : मध्यराती आएको बाढीले गर्दा सिन्धुपाल्चोकको चनौटेमा रहेको रातो पुल पनि बगाएको छ । चनौटे र हेलम्बु जोड्ने रातो पुल बिहान ८ बजेतिर बगाएको चनौटेका स्थानीयले बताएका छन् ।
पुल बगाएसँगै यो क्षेत्रमा अब सवारी आवातजावत पनि बन्द भएको छ । त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गेपुल बगाएको छ भने नदिको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार मेलम्ची नदी उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
यो पुलले मेलम्ची नगरपालिकाको ७ र ८ वडा यस्तै पाँचपोखरीको १ र २ वडाका साथै हेलम्बुका विभिन्न ठाउँलाई जोड्ने गर्थ्यो । तर मध्यरातमा मेलम्चीमा आएको बाढीले बिहान रातो पुल बगाएपछि सडक सम्पर्क टुटेको छ ।
भिडियो स्रोत : आदित्य दाहाल

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया