४ महिनामा पूँजीगत खर्च ८ प्रतिशत, अर्थमन्त्री भन्छन्- सन्तोषजनक रह्यो

काठमाडौं : महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा पूँजीगत खर्च ८ प्रतिशत मात्रै भएको छ । अर्थमन्त्री विष्णु पौडेलले यो तथ्यांकलाई सन्तोषजनक मानेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक बर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो विचार राखेका हुन् । यद्यपि कार्यालयको तथ्यांक हेर्दा चौमासिक प्रगती निराशाजनक नै छन् । कुल खर्च १४.७४ प्रतिशत मात्रै छ । जसमध्ये २० प्रतिशत चालु खर्च छ । राजस्व संकलन २२ प्रतिशत मात्रै छ ।
चालु आर्थिक बर्षको प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको विचार व्यक्त गर्दै अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउदै राजस्व परिचालनमा जोड दिन निर्देशन दिएका छन् । उनले प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरेका छन् ।
आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न, पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्ने तर्फ सहजीकरण गर्न, आर्थिक पुनरुत्थान गर्न ल्याइएका सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न उनले निर्देशन दिए ।
साथै, धितोपत्र बोर्ड तथा बिमा समिति लगायतका नियमनकारी निकायहरुलाई आ-आफ्नो भूमिका थप प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिए । त्यसैगरी, आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फछ्यौट गर्नुपर्ने उले बताए । लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी उच्च मनोबलका साथ बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिए ।
अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरु र महालेखा नियन्त्रक लगायत महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया