मेलम्चीबाट बाढीको फेसबुक लाइभ !
पानीको सतह बढ्दै, सुरक्षित रहन आग्रह

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची, किउल र हेलम्बुमा भीषण बाढी आएको छ । मेलम्चीभन्दा केही माथिको भागमा घर भएको ठाउँसम्म बाढी आएको स्थानीयले बताएका छन् । मेलम्ची खोलामा बाढी आएपछि मानिसहरु स्थानीय झोलुंगे पुलमा चढेर बाढीबारे फेसबुक लाइभ गरेर जानकारी दिइरहेका छन् ।
मेलम्ची केही माथि रहेको प्रहरी चौकीको भवनसम्मै बाढी पुगेको छ । मेलम्ची खोलाको छेउमा रहेका केही घरसम्मै बाढी आएको र घर भत्काउने अवस्थामा पुगेको पनि स्थानीयले बताएका छन् ।
मेलम्ची खोलाले छेउछाउमा कटान गर्दै लगेको छ । खोलामा पानी निकै बढेको र सुसाउँदै आइरहेको स्थानीयको भनाइ छ । पानी थप बढ्दो क्रममा रहेकोले धनजनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
अहिले हेलम्बु, मेलम्ची र किउल क्षेत्रमा पानीको सतह बढेकोले खोला छेउछाउका मानिसहरुलाई सुरक्षित रहन पनि प्रहरी, स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । अचानक बाढी कसरी आयो ? भन्ने विषयमा एकिन कारण खुलेको छैन ।

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

प्रतिक्रिया