संसदीय समितिले भन्याे : गुप्तचरसँग अपारदर्शी वार्ता नगर्नू
चीन र भारतबाट भएका उच्चस्तरीय भ्रमण उपलब्धिमूलक : मन्त्री ज्ञावाली

काठमाडौं : संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपाल-भारतबीच अब हुने मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारत सरकारलाई ग्रहण गर्ने वातावरण मिलाउन कूटनीतिक पहल गर्न निर्देशन दिएको छ ।
समितिले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आमन्त्रण गरेको थियो । नेपाल-भारतबीच गठित प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन नेपाल सरकारले ग्रहण गरिसकेको छ । तर, भारतले लामो समयदेखि बुने या नबुझ्ने केही उल्लेख नगरीकन थन्काउँदै आएको छ ।
त्यसअतिरिक्त समितिले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भू-भागमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्ने’ वातावरण मिलाउन पनि निर्देशन दिएको छ । मन्त्री ज्ञवालीले भ्रमणमा दुई मुलुकबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरेको जानकारी दिए । ‘नेपाल-भारत संयुक्त समितिको बैठक चाँडै हुन्छ र दुवै देशबीचका थाती विषयमा बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिनेछ’ उनले भने ।
दुई देशका सीमा क्षेत्रमा भारतद्वारा निर्मित बाँध लगायतका भौतिक संरचनाहररूले नेपालमा गर्ने डुबान र कटान अन्त्य गर्न पहल गर्ने सम्बन्धमा असअघि दिएका निर्देशन पनि समितिले ‘कार्यान्वयन गर्नु’ भनेको छ ।
समितिको बैठकमा मन्त्रीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमणबारे जानकारी गराएका थिए । उनले दुवैतिरको भ्रमण ‘उपलब्धिमूलक’ भएको टिप्पणी गरेका थिए । उनले दुबै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।
नेपालले लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध चिसिएको थियो । त्यसमा कोभिड-१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच द्विपक्षीय भ्रमण रोकिएको थियो । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण शुरुआत भएको छ । मन्त्री ज्ञवालीले चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको बताए ।
उनले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि उक्त भ्रमण फलदायी भएको बताए । समितिको बैठकमा सत्तारुढ नेकपा सदस्य भीम रावलले पदीय मर्यादाविपरित प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको गुप्चतर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेका आपत्ति जनाएका थिए । रावलले भने, ‘यसरी गुप्तचरहरुसँग अपारदर्शी वार्ता गरिनुहुन्न । यो बन्द गरिनुपर्छ ।’
भारतले गुप्तचर संस्थामार्फत नेपालमा सुक्ष्म व्यवस्थापन गरेको र जनस्तरबाट विरोध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि दोहोरिन नदिने नीति लिन सरकारलाई आग्रह गरेका थिए । कांग्रेस सदस्य प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । मन्त्री ज्ञवालीले कोराना भ्याक्सिन ल्याउने तयारी भइरहेको पनि जानकारी दिए । उनका अनुसार, भ्याक्सिन खोप ल्याउन विदेशी मुलुकहरुसँग पत्राचार भइरहेको र २० प्रतिशत कोराना सहुलियतमा दरमा ल्याइने तयारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया