सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सीमा क्षेत्रका नेपालीमाथि हुने ज्यादती रोक्न पाँच विद्यार्थी संगठनको सरकारसँग माग

काठमाडौँ - पाँच विद्यार्थी संगठनले सरकारलाई ४ बुँदे ज्ञापन पत्र बुझाएका छन् । शनिबार बालुवाटारमै पुगेर सत्तारुढ गठबन्धन निकट पाँच विद्यार्थी संगठनले प्रधानमन्‍त्री शेरबहादुर देउवालाई भेटेरै चार बुँदे ज्ञापन पत्र बुझाएको नेविसंघ महामन्त्री दिपक भट्टराईले जानकारी दिए । उनकाअनुसार प्रधानमन्‍त्री देउवालाई बधाइ दिँदै पाँच संगठनले विभिन्‍न विषयमा सरकारको घटनाबारे ध्यानाकर्षण गराएका छन् । शुक्रबार दार्चुलामा भएको घटनाका विषयमा भारतीय पक्षसँग स्पष्‍टीकरण सोध्‍दै र छानबिनगरी तुइन काट्ने व्यक्तिलाई कारबाहीको माग गरिएको उनले बताए ।

पाँच संगठनले मध्यपश्चिमान्चल विश्वविद्यालयको बेथितिविरुद्ध भइरहेको आन्दोलन र वीपी कोराला स्वास्थ्य विज्ञान प्रतष्‍ठानमा भएको अनियमितता र भइरहेको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 

ज्ञापन पत्र बुझाउन नेविसंघ अध्यक्ष राजिव ढंगाना, अखिल क्रान्‍तिकारी अध्यक्ष रन्‍जीत तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी वद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्‍ठ,  अखिल छैठौका अध्यक्ष विमल पोखरेललगायत विद्यार्थी नेता बालुवाटार पुगेका थिए।