सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्‍ध गराउन सरकारसँग कांग्रेस नेता सिंहको माग

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । शनिबार बिहान काठमाडौँ नयाँ बजारमा भएको एक कार्यक्रमा बोल्दै नेता सिंहले  तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनले काँग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोभिड नियन्त्रण हुनुपर्ने समेत बताए। 

'कोभिड संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ,' उनले भने, 'यस्तो बेला सरकारले सम्‍पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्नु पर्छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’