रामकृष्ण ढकालको गीतमा प्रकाश सपुत मोडल

काठमाडौँ : रामकृष्ण ढकाल र वेनिशा पौडेलको स्वरमा मार्मिक गीत 'नयाँ जीवन' सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण ब्यानर 'स्वार फिल्मस्'ले उक्त गीति भिडियो रिलिज गरेको हो ।
भिडियोलाई निर्देशक बिक्रम स्वारले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । दुर्घटनावस् एउटा खुट्टा गुमाउन बाध्य कलाकार प्रकाश सपुत र मोडल मोनिका बुढाथोकीबीचको दुःखद रिल कहानीलाई निर्देशक स्वारले मार्मिक रुपमा पर्दामा उतारेका छन् । भिडियोमा कालु राणालाई नेगेटिभ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।
चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन् । छायांकन नवराज उप्रेतीले गरेका छन् । रेनिश फागोले कलरको काम गरेका छन् । अडियोतर्फ संगीत दीपक शर्माको छ भने शब्द निशा अर्यालले लेखेकी छिन् । एरेञ्ज पुरुषोत्तम सुवेदीको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया