सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

एमाले स्थायी समिति बैठक बस्‍दै

फाइल तस्‍बिर

काठमाडौँ - आज नेकपा एमालेको स्थायी समिति बैठक बस्‍दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्‍ने केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । उनकाअनुसार बैठकमा बैठकले केन्द्रीय विभागहरूलाई पूर्णता दिने, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफल हुनेछ ।

बैठकमा माधव नेपाल पक्षाका स्थायी समित सदस्यहरूलाई पनि बोलाइएको उनले बताए । 'बैठकमा बोलाउन कहिल्‍यै छुटाएका छैनौँ,' उनले भने,'आज पनि बोलाएका छौँ । आउने/नआउने त उहाँहररूकै कुरा भयो ।'