भन्सार छली गरी ल्याइएका लाखौं रुपैयाँको सामान बरामद

जनकपुरधाम : भन्सार चोरी पैठारी गरी ल्याइरहेको ११ लाख रुपैयाँ बढीको गाडीसहित मालसामान धनुषा प्रहरीले बरामद गरेको छ ।
चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा बढाएको सुरक्षा गस्तीको क्रममा शुक्रवार र आइतबार गरी दुई दिनमा ६ लाख ५३ हजार ४ सय ५० रुपैयाँ बराबरको खाद्य तथा लत्ताकपडासहितको सामाग्री र ५ मूल्य मूल्य बराबरको एक म्याजिक गाडी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी ल्याइरहेको गाडीसहित मालसामान बरामद गरिएको जनाएको छ ।
बिदेह नगरपालिकास्थित ठाडिझिझा प्रहरी चौकी टोलीले चेकजाँचको क्रममा १ लाख ८३ हजारभन्दा बढी मूल्य बराबरको केराउ, कालो मरिच सुकमेल र छोहोरा लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।
पैठारीमा प्रयोग भएका ५ मूल्य बराबरको एक म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
त्यस्तै जिल्ला धनुषा नगराई नगरपालिका-२ जटही प्रहरी चौकीबाट खटी गएको टोलीले सार्वजनिक बाटो वेवारिसे अवस्थामा एक लाख ३४ हजार रुपैयाँभन्दा बढीको मदिरा बरामद गरेको छ ।
जिल्लाको औरही गाउँपालिका-१ स्थित धनौजी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले भन्सार छली ल्याइरहेका ५६ हजार ७ सय मूल्य बराबरको मटर, चिनी, छोहोरा बरामद गरिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्तै धनुषाधाम ईलाका प्रहरी चौकीले समेत गस्तीको क्रममा चोरी पैठारी गरी ल्याइरहेको २ लाख ७८ हजारभन्दा बढी मूल्यको लता कपडाको ४ वटा पोका नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका सामाग्री र नियन्त्रणमा लिइएका गाडी तथा चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी प्रहरी उपरिक्षक बस्नेतले दिए ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया