सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन सचिवलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव महेश्वर न्यौपानेलाई दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटबाट महाकाली नदीमा बेपत्ता भएका ३५ वर्षीय जयसिंह धामीबारे सत्यतथ्य छानविन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् ।
मन्त्री खाणले मन्त्रालयका प्रवक्ता गृह मन्त्रालयका प्रवक्ता झविन्द्रमणि पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत सहभागी गराएर छानविन गर्न निर्देशन दिएका हुन् । उनीहरूलाई गृहमन्त्री खाणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।
शुक्रबार दिउँसो महाकाली नदी तर्ने क्रममा तुइन चुडिएर दार्चुलाका ३५ वर्षीय धामी बेपत्ता भएको समाचार आएको थियो । तुइन चढेर नदी पार गर्दै भारत जान एसएसबीले रोक लगाएपनि लुकिछिपी स्थानीय तुइन तर्ने गरेका थिए ।
सामान लिन भारतको बाटो हुँदै गइरहेका पाँच जनामध्ये जयसिंह अन्तिमपटक तर्दै गर्दा तुइनको डोरी एसएसवीले काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् । सो घटनापछि आक्रोशित स्थानीयले घटनाको छानबिन, पीडितलाई राहत र दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

प्रतिक्रिया