प्लाष्टिक उद्योग बन्द गर्न आदेश

काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिका न्यायीक समितिले वडा नं ५ स्थित थली चौरनजिकै आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न खोजिएको पशुपति रिसाइकल इण्डष्ट्रीज प्रालिलाई काम रोक्न आदेश दिएको छ ।
स्थानीय टोलवासी र सँधियारको स्वीकृति नलिई आवश्यक कानूनी प्रक्रियासमेत पूरा नगरी प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न लागिएकामा स्थानीयवासीको उजुरी र विरोधका कारण सञ्चालन नगर्न आज समितिका संयोजक नगरउपप्रमुख बिन्दु सिम्खडा पुडासैनीको नेतृत्वको इजलासले आदेश दिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनीले जानकारी दिए ।
स्टोर चलाउने भन्दै प्लाष्टिक रिसाइकल गर्ने उद्योग सञ्चालन गर्न खोजेपछि स्थानीयवासीले वडाकार्यालय, नगरपालिकासमेतमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाएका थिए । न्यायीक समितिको इजलासमा आज बहस भइरहेका बेलासमेत २०० जनाभन्दा बढी स्थानीयवासीले नगरपालिका घेराउ गर्दै नाराजुलुस गरेका थिए । वडाबाट स्वीकृति नै नलिई उद्योगीले टहरा बनाएको वडाअध्यक्ष पुडासैनीको भनाइ छ ।
टहरा बनाइसकेपछिमात्र उद्योगी टहरा निर्माणको स्वीकृत माग्दै वडाकार्यालय पुगेका थिए । उद्योग चलाउन लागिएको स्थानको २०० मिटरभित्र विद्यालय र अस्पतालसमेत छ । त्यस स्थानमा उद्योग चलाउन नदिने भन्दै स्थानीयवासीले एक वर्षअघिदेखि विरोध जनाउँदै आएका छन् । उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरेको स्थानीयवासीको गुनासो छ । रासस

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया