हामी नयाँ पार्टी बनाउँछौँ, सरकारमा पनि जान्छौँ : मेटमणि चौधरी
काठमाडौँ - नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको बताए ।
'हामीले अर्को पार्टी निर्माण गर्न सकेनौँ भने हाम्रौ आँखा अगाडि एमाले समाप्त हुनेछ । १६५ निर्वाचन क्षेत्रमै एउटा पनि नजित्ने अवस्था आउन सक्छ,' उनले भने ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे । एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनको भनाइ छ । उनले ओलीलाई आफूहरूले सच्याउन नसकेको र राजीनामा दिने अवस्थामा पुर्याउन नसके पार्टी फुटाइने संकेत गरे । आफूहरूले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने बताए । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरू पनि आफूहरूसँग आउने उनको दाबी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया