मदन पुरस्कारको नजरमा गत वर्षका ९ किताब , ‘कल्पग्रन्थ’देखि ‘करिया’सम्म

काठमाडौं : मदन पुरस्कार गुठीले २०७७ सालमा प्रकाशित पुस्तकहरू मध्येबाट ९ वटा पुस्तकको सूची प्रकाशित गरेको छ । गुठीले केही वर्ष यता वर्षभरि प्रकाशित पुस्तकबाट उत्कृष्ट १० पुस्तकको सूची निकाली त्यसमध्ये एकलाई पुरस्कृत गर्दै आएको छ ।
यो साल भने गुठीले ९ वटा मात्र पुस्तकको नाम सार्वजनिक गरेको हो । गुठीले अघिल्लो वर्ष मदन पुरस्कार गुठीमा दर्ता भएका २ सय २२ पुस्तकबाट सूची निकालेको जनाएको छ । यसैगरी सूची प्रकाशित गर्दा अप्रकाशित सामाग्रीहरूको बाहुल्य रहेको पुस्तकलाई छनौटको आधार बनाइएको पनि जनाइएको छ ।
यसरी छनोट भएका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘ फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’, भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० रहेका छन् ।
अघिल्ला वर्षहरूमा मदन पुरस्कार गुठीले आत्मकथाका पुस्तक सूचीकृत गर्दै केही आत्म प्रशंसाले ओतप्रोत भएका भरिएका कृतिलाई पनि पुरस्कृत गरेको थियो जसलाई लिएर मदन पुरस्कारले आलोचना खेप्नु परेको थियो । यो साल पनि थुप्रै प्रतिष्ठित व्यक्तिका आत्मकथा प्रकाशित भएका थिए तर गुठीले त्यस्ता किताबलाई सम्भावित विजेताको सूचीमा अटाएको छैन ।
गुठीले केही समयपछि विजेता कृतिको नाम प्रकाशित गरी घटस्थापनाका दिन पुरस्कार प्रदान गर्दै आएको छ । गत साल भने महामारीका कारण भर्चुअल रूपमा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । गत साल चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले मदन पुरस्कार पाएको थियो भने प्रवासकी संगीतकार शान्ति ठटाललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया