सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

मिडिया एक्सन नेपालद्वारा पत्रकारको व्यावसायिक सुरक्षामा संवेदनशील हुन आग्रह

काठमाडौँ - मिडिया एक्सन नेपालले नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर-सरकारी निकाय र सञ्चारगृहहरूबीच सहयोग र परामर्श आवश्यक रहेको औँल्याएको छ । शुक्रबार ‘नेपालमा मिडियास् पत्रकार सुरक्षा, मिडिया दिगोपना तथा लैङ्गिक समावेशीकरण’ विषयक प्रतिवेदन भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर-सरकारी निकाय र सञ्चारगृहहरूबीच सहयोग र परामर्श आवश्यक रहेको औल्‍याएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्ट, बंगलौर विश्वविद्यालय, भारतका सञ्चार विभाग प्रमुख प्रा डा बीके रवि, अन्तर्राष्ट्रिय मिडिया तथा सञ्चार अनुसन्धान विज्ञ डा सादिया जामिल र तब्लिसी विश्वविद्यालय, जर्जियाका प्रा डा मरियम गर्सामियाको भर्चुअल उपस्थितिमा मिडिया एक्सन नेपालको  वेबसाइट मार्फत सार्वजनिक गरियो हो। उक्त प्रतिवेदन मिडिया एक्सन नेपालले सातै प्रदेशमा जेठ २९ देखि असार १३ गतेसम्म गरेको अन्तरक्रिया तथा असार २५ गते राष्ट्रिय स्तरमा गरेको गोष्ठीमा आधारित रहेको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले यसका मुख्य निष्कर्षहरूमाथि प्रकाश पारे । प्रादेशिक सरकारहरूले विवादास्पद सञ्चार कानून ल्याइरहेका र कोभिड महामारीले पत्रकारको तलबसुविधा तथा सञ्चारगृहको व्यवहारबारे प्रश्न उठिरहेका बेला उनले यो प्रतिवेदनले दिएका रायसुझाव निकै समयसान्दर्भिक रहेको जिकिर गरे ।