माइती घरमा शिक्षकहरूको रिले अनसन
काठमाडौँ - विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन सुरु गरेको छ । पटक-पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरेका हुन् ।
आफूहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने लगायत माग महासंघले राखेको छ । यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको महासंघका सचिव जिपी चौलागाईले जानकारी दिए ।
उनले अब पनि आफूहरूको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबारदेखि नै महासंघले ७५३ पालिकामा रिले अनसन सुरु गरेको छ । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया