पार्टी विधिअनुसार चल्न नसकेको गगन थापाको आरोप

काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी विधिअनुसार चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीलाई विधान अनुसार चलाउन नसकेको दोष सबैले लिनुपर्ने पनि बताए ।
पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीले हस्तक्षेप गर्नु विधानविपरीत भएको उनको भनाइ छ । उनले पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको उल्लेख गरे ।
पार्टीले विधानमा बाहिर गएर क्रियाकलाप गर्दै आएको उनले बताए । थापाले कांग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने धारणा पनि राखे । फरक प्रसंगमा थापाले कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन सिंगो पार्टी लाग्नुपर्ने भन्दै सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया