अर्थमन्त्री शर्मालाई अमेरिका र चीनका राजदूतले पालैपालो भेटे

काठमाडौँ– अमेरिका र चीनका राजदूतले पालैपाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । तीन दिन अघि मन्त्री शर्मालाई अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका थिए ।
शुक्रबार चिनियाँ राजदूत होउ यान्छीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरी कार्यकालको शुभकामना व्यक्त गरिन् । अर्थमन्त्रीको सचिवालयले जनाए अनुसार, राजदूत यान्छीले जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेकी थिइन् । ‘चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको उल्लेख गरेकी थिइन्,’ अर्थमन्त्रीको सचिवालयले भनेको छ ।
चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै पठाउने राजदूतको भनाइ थियो ।
यस्तै भूकम्पपछिको पुनःनिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा पुनःनिर्माण परियोजनामा सहयोग गरेको छ । पुनःनिर्माणमा आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूतले चिनियाँ सहयोगमा दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र अन्य बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न हुने अपेक्षा रहेको बताएकी थिइन् ।
मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार व्यक्त गरेका थिए । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यसका लागि नेपालस्थित चिनियाँ दूतावासले आवश्यक समन्वय र सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने आश्वासन दिएका थिए ।
त्यस्तै, तीन दिन अघि मन्त्री शर्मालाई भेटेका अमेरिकी राजदूत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताएका थिए । उनले विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै प्रतिवद्धता जनाएका थिए । कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बेरीको भनाइ थियो ।
राजदूत बेरीसँग मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास रहेको उल्लेख गरेका थिए । उनले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले पहल गर्ने बताएका थिए ।

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_lzksE9Fnor_cgu0zdefeb7fmjyowetpzahcyrnzklh0ptdosubyx8z7rfpd2ajlebsaexwv.jpg)
प्रतिक्रिया