मन्त्री-सांसदलाई दशैं भत्ता नदिन आग्रह

काठमाडौं : वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड–१९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले फिर्ता गर्न विवेकशील नेपाली दलले आग्रह गरेको छ ।
विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने घोषणा गर्दै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न अपिल गरेको हो । विवेकशीलले शनिबार विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ को विश्वव्यापी महामारी बढिरहेको सन्दर्भमा विवेकशील नेपालीले अनावश्यक खर्च कटौती गर्न यस अघि पनि सरकारलाई सुझाव दिँदै आएको स्मरण गराएको छ ।
वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक–पटक आवाज उठाएको विज्ञप्तिमा छ ।
‘तर प्रदेश सरकारले हाम्रा आवाजहरूलाई सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको स्थिति छ । यसैको पछिल्लो उदाहरणको रूपमा प्रदेश सांसद, मन्त्रीहरूलाई समेत दसैँ खर्च बाँड्ने कार्यलाई लिन सकिन्छ,’ विवकेशीलले भनेको छ, ‘आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दसैँ खर्च लिनु सर्वथा अनुचित कार्य हो ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया