बीपी प्रतिष्ठानमा भएको खरिदको जानकारी माग्दै सूचना आयोगमा निवेदन

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सार्वजनिक खरिदमा व्यापक अनियमितता भएको भन्दै डाक्टर अनुप पन्थिीले त्यससम्बन्धी सूचना माग्दै राष्ट्रिय सूचना आयोगमा निवेदन पेश गरेका छन् ।
प्रतिष्ठानको पूर्वविद्यार्थी तथा बीपी सुधार अभियानका क्रियाशील सदस्य भएको हैसियतले सूचनाको हक सम्बन्धी ऐन २०६५ को दफा १९ (६) बमोजिमको आदेश जारी गरी पाउँ भन्दै डाक्टर पन्थीले निवेदन दिएका हुने ।
सूचना माग गर्दै पन्थीले प्रतिष्ठानले स्वास्थ्य सामग्री खरिद गर्दा यहाँका उच्च पदाधिकारी र निकटस्थ आपूर्तिकर्ताबीच मिलोमतो भएको र चलेको भन्दा कयौँ गुणा बढी मूल्यमा खरिद गरेको आरोप लगाएका छन् ।
‘प्रतिष्ठान आर्थिक रुपले धराशायी भएको बेला खरिद प्रक्रियामा संलग्न पदाधिकारी तथा आपूर्तिकर्ता व्यवसायीको भने अकुत सम्पत्ति आर्जन गर्न सफल भएका छन्, निवेदनमा उल्लेख छ ।
उनले प्रतिष्ठानबाट सार्वजनिक खरिदको क्रममा छनोट भएको आपूर्तिकर्ताको विवरण, बोलपत्र, प्रस्तावको पूर्णपाठ त्यसमा उल्लेखित आपूर्ति गरिने समाग्रीको सम्पूर्ण विवरण, गुणस्तर, दर रेट मूल्यसहितको सम्पूर्ण विवरण सार्वजनिक निकायको वेभसाइटमार्फत् सार्वजनिकिकरण गर्नुपर्ने माग राखेर आयोगमा निवेदन दिएका हुन् ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया