चिकित्सकमाथि दुर्व्यवहारमा उत्रिए पूर्वसांसद खड्का !

बुटवल – अर्घाखाँचीको जिल्ला अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले दुव्र्यवहार गरेका छन् । पूर्वराष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकी आमालाई उपचार गर्ने क्रममा खड्कासहित बिरामीका आफन्तले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. कपिल गौतमसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको अस्पतालले बताएको छ ।
डा गौतममाथि अपशब्द तथा अनादारार्थी शब्दहरु प्रयोग गरी बिरामीका आफन्तले उनलाई केहीबेर एम्बुलेन्समा थुनेका थिए । अस्पतालले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेहरूमाथि कडा कारबाही गर्न माग गरेको छ ।
विरामीका आफन्त भएकोले खड्कासहितका व्यक्तिहरूको व्यवहार निकै निकृष्ट भएको आरोप अस्पतालले लगाएको छ । यो विषयमा पुर्वसांसद खड्काले भने कुनै प्रतिक्रिया दिएका छैनन् । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र निमित्त मेसु गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ, ‘डा कपिल गौतम एम्बुलेन्सभित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाउँदै गरेको अवस्थामा एम्बुलेन्सको ढोका लगाइयो’ यो डाक्टरको काम छैन, यसलाई पनि काठमाडौं लैजान पर्छ, विरामीसँगै जान्छ’ जस्ता अभद्र अपशब्द प्रयोग गरी गाडी चालकलाई तुरुन्तै गाडी हिडाल् भनी दबाब दिइएको थियो ।’
केही समय एम्बुलेन्सभित्र थुनिएपछि अन्य व्यक्तिहरूको मद्धतले एम्बुलेन्सको ढोका खुलेपछि डा. गौतम बाहिर निस्किन पाएको अस्पतालले बताएको छ । बिरामीलाई बुधबार बिहान ११ः३० बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । निमित्त मेडिकल सुपरिटेण्डेन्ट कपिल गौतम, डा पुजा पन्त र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मीहरूले बिरामीको उपचार गरी कोभिड–१९ को जटिल निमोनिया देखिएको भन्दै बिरामीलाई तत्काल काठमाडौं लैजान ‘रेफर’ गरेको थियो ।
आकस्मिक कक्षमा डा गौतम, डा पुजा पन्थी लगायत अन्य स्वास्थ्यकर्मीमाथि ‘तँ को हो ? यहाँको ओजेटी, नर्स सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केही तलमाथि भयो भने सबै जिम्मेवार हुन्छौ’ भन्नेजस्ता धम्कीपूर्ण शब्दहरु प्रयोग गरेर गालीगलौज तथा अभद्र व्यवहार गरेको अस्पतालको भनाइ छ । अस्पतालले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारले अस्पतालका स्वास्थ्यकर्मीको मनोबल गिरहेको, उत्साह घटेको र असुरक्षित महसुस भएको बताएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने यस्ता क्रियाकलापले आफ्नो ज्ञान, सीप, दक्षताको सही सदुपयोग गरी सेवामा तल्लिन हुन निकै कठिन हुने सम्पूर्ण अस्पतालका कर्मचारीले महसुस गरेका छन् ।’ अस्पतालले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराई सत्यतथ्य छानबिन गरी दोषीमाथि प्रचलित ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया