पोर्न एपबाट कति कमाउँथे राज कुन्द्राले ?

मुम्बई : एपमार्फत पोर्न फिल्म बेच्ने आरोपमा हिरासतमा रहेका राज कुन्द्रामाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले यसरी अनुसन्धान गर्दा आर्थिक कोणबाट पनि छुटाएको छैन । उनले एपमार्फत यस्ता फिल्म बेचेर कति कमाउँथे, प्रहरीले यसको पनि खोजी गरिरहेको छ ।
हिन्दुस्तान टाइम्सले प्रहरी अनुसन्धानबाट देखिएको रकम सार्वजनिक गर्दै कुन्द्राले गत सालको अगस्टदेखि डिसेम्बरसम्मको अवधिमा एपबाट १ करोड १७ लाख भारतीय रुपैंया कमाइ गरेको बताएको छ । आफैंमा यो ठूलो रकम भने नभएको प्रहरीको निष्कर्ष छ ।
यसैबीच कुन्द्राको जमानतको उजुरीलाई अदालतले खारेज गरेको छ । बिहीबार मात्र अदालतले उनलाई जमानतमा छाड्न नमिल्ने बताएको हो । योसँगै कुन्द्राको हिरासतमा बस्ने समय लम्बिएको छ ।
उता अभिनेत्री शिल्पा सेठ्ठीले प्रहरीसँगको बयानमा कुन्द्राले पोर्न नभई इरोटिक फिल्म बेच्ने गरेको बताएकी छिन् । पोर्न र इरोटिका एकै नभएको शिल्पाको जिकिर थियो । उता प्रहरीसँग श्रीमान्को बचाऊ गरे पनि घर खानतलासीको समयमा भने शिल्पाले राज कुन्द्रासँग ‘बदनाम गराएको’ भन्दै झगडा गरेको समाचार आएका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया