मर्लिन मुनरोको बायोपिक ‘ब्लोन्ड’ यो साल प्रदर्शन नहुने

लसएन्जल्स : सन् २०२१ मा रिलिज हुने भनेर चर्चामा रहेको मर्लिन मुनरोको बायोपिक यो साल प्रदर्शन नहुने भएको छ । नेटफ्लिक्सले प्रदर्शनका लागि तयार भएको यो फिल्मलाई अर्को सालका लागि सारेको छ ।
नेटफ्लिक्सले यही महिना सकिएको कान्समा यो फिल्मको वल्र्ड प्रिमियर गर्न चाहेको थियो । तर, कान्सले नेटफ्लिक्समा रिलिज हुने फिल्मलाई फेस्टिभलमा ठाउँ नदिने नीति अनुरुप यो फिल्म प्रिमियर गर्न मानेन । तर, फेस्टिभल निर्देशकले आफूले यो फिल्म हेरेको र रोचक रहेको बताएका थिए ।
कान्सका फेस्टिभल निर्देशकको यो घोेषणासँगै फिल्म यही साल रिलिज हुने र आउँदो सालको अस्करमा यसको दाबेदारी बलियो रहने टिप्पणी पनि हुने गरेको थियो । तर, नेटफ्लिक्सले प्रदर्शन मिति सारेर धेरैलाई चकित तुल्याएको छ ।
एना डे आरमसले मर्लिन मुनरोको भूमिका निर्वाह गरेको यो फिल्मले मुनरोको व्यक्तिगत जीवनका विभिन्न पाटोमा केन्द्रित छ । फिल्मले खासगरी मुनरोका प्रेमी र श्रीमान्सँगको सम्बन्धका कथा प्रस्तुत गर्नेछ ।
मुनरोको जीवनी लामो समयसम्म हलिउडमा ‘हट प्रपर्टी’को रुपमा रहेको थियो । नाओमी वाट्स र जेसिका च्यासटेन आदि अभिनेत्री पनि मुनरो बन्न लालायित थिए तर एना डे आरमसले बाजी मारिन् । ड्रग्ल ओभरडोजका कारण सन् १९६२ मा कलिलै उमेरमा बितेकी मुनरोको जीवनमाथि यसअघि केही सिनेमा र सिरिज बनिसकेका छन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया