बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

प्रदेश संसदीय सचिवालयका अधिकारीलाई प्रशिक्षण

काठमाडौँ : प्रदेश संसद सचिवालयका सचिवदेखि शाखा अधिकृतसम्मका अधिकारीहरुलाई संसदीय अभ्यास सफल पार्ने विषयमा जारी तीन दिने प्रशिक्षण सकिएको छ । अनआइन माध्यमबाट भएको प्रशिक्षणमा जनप्रतिनिधिहरुलाई सचिवालयका अधिकारीले पु्‍र्‍याउनुपर्ने भूमिका, खुला संसद, संसद र मिडियाबीच सहकार्य, सरल सञ्चार, प्रभावकारी सूचना व्यवस्थापनमा विषय विज्ञहरु अन्तक्र्रिया भएको थियो ।

संसदीय अभ्यासका नियमित काममा सहभागी भइरहँदा अपनाइनुपर्ने आवश्यक सावधानी, कानून निर्माण प्रक्रियाका चरणमा अबलम्वन गरिने प्रक्रिया सवालमा अन्तरक्रिया भएको थियो ।

प्रशिक्षणमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, पूर्व महासचिव सूर्यकिरण गुरुङ, पूर्व संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संसदीय पत्रकारितामा अनुभवी वरिष्ठ पत्रकार हरिबहादुर थापा, सूचना, प्रविधि तथा तथ्याङ्क विज्ञ रमेशप्रसाद जोशाी र सशक्तीकरण विज्ञ दिपांकर शेर्पाले प्रशिक्षण गराएका थिए ।

अन्तर्क्रियामा सातै प्रदेश संसद सचिवालय सचिवदेखि शाखा अधिकृतसम्मका अधिकारी सामेल थिए । नेपाल व्यवस्थापन संघ र नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संसद सहयोग परियोजनाको संयोजनमा कार्यक्रम भएको थियो ।