झापामा पाइपलाइन र ग्यास भण्डारण निर्माण एकैपटक सुरू

काठमाडौं : सिलिगुरी-झापा पेट्रोलियम पाईपलाईन परियोजना तथा एल.पी.जी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण एकैपटक सुरू भएको छ । यसअन्तर्गत प्रदेश नं. १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण परियोजनाको कार्य सुरू भएको छ भने नेपाल आयल निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुरीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको निगमले जानकारी दिएको छ ।
यस अन्तर्गतको पाईपलाईन सर्भे कार्य नेपाल आयल निगम तथा इण्डियन आयल कर्पोरेसनबाट संयुक्त रुपमा सम्पन्न भइसकेको छ । संयुक्त सर्भे टोलीले पहिचान गरेका रुटमध्ये उपयुक्त रुटको एकिन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको छ। यस परियोजनाका अलावा करिब ४ हजार मेट्रिक टनको एल.पी. ग्याँस भण्डारण तथा एल.पी.ग्याँस बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र सो परामर्शदाताबाट कार्य सुरु भइसकेको छ ।
हाल भद्रपुर बिमानस्थलमा निगमद्वारा प्रदान गरिरहेको रिफ्युलिङ सेवामा थप प्रभावकारिता ल्याउन साना एभिएसन परियोजना अन्तर्गत अत्याधुनिक प्रविधियुक्त ३० हजार लिटर क्षमताको दुई वटा भण्डारण ट्याङ्क बनाई रिफ्युलिङ कार्यलाई थप व्यवस्थित गर्ने कार्य सुरू भइसकेको छ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया