राष्ट्रिय सभामा उठेका विषयहरू

काठमाडौँ- राष्ट्रिय सभाका सदस्यले मुलुकमा जनतालाई महसुस हुनेगरी सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सांसद उदया शर्मा पौडेलले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गरे । त्यस्तै उनले स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु भएको प्रष्ट पारे ।
सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिए ।
उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए । सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे । सांसद दिलकुमारी रावलले नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले निर्वाचन कानूनलाई समय अनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरे । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ बजे बस्नेछ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया