अर्थतन्त्रको आकारभन्दा ठूलो बजार पुँजीकरण
३१०० बिन्दुको नजिक पुग्यो नेप्से

काठमाडौँ : सेयर बजार पुँजीकरण ४३ खर्ब पाँच अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो मुलुकको अर्थतन्त्रको आकार – कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा ठूलो हो । केन्द्रीय तथ्यांक विभाग अनुसार चालु आर्थिक वर्ष २०७७/७८मा मुलुकको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
जीडीपीको अनुपातमा बजार पुँजीकरण १००.९१ प्रतिशत पुगेको छ । विश्व विख्यात सेयर कारोबारी एवं फोब्स अर्बपति वारेन बफेट जीडीपीभन्दा ठूलो बजार पुँजीकरणलाई उच्च जोखिमयुक्त भनेका छन् ।
नेप्से परिसूचक १५.१३ अंकले बढेर ३०९४.९४ बिन्दुमा पुगेको छ । कारोबारमा आएकामध्ये चार समूहको परिसूचक कमजोर छन् । होटल तथा पर्यटन समूहको परिसूचक सात दशमलव ०९ ले वृद्धि भएको छ । निर्जीवन बीमाको समूहको परिसूचक तीन दशमलव ०८ प्रतिशतले बढेको छ ।
फाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको परिसूचक दुई प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक र मल्टिप्रपोज फाइनान्सको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ ।
बुधबार १३ अर्ब २९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख २८ हजार सात सय ८० पटकको कारोबारमा दुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको अत्यधिक सेयर कारोबार भएको छ ।

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_lCiddCURy3_faztqfhdl2rxcasrnxmjjpxlenkgakiqthoaccjq0ny6jphakolkyohayoko.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

प्रतिक्रिया