नियामकले 'गोल्डेन सेयर' लिएर सर्वसाधरणलाई प्रिमियममा सेयर बेच्न अनुमति दिए

काठमाडौँ – पुँजी बजारको नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र दोस्रो बजारमा धितोपत्र कारोबार गराउने निकाय– नेपाल स्टक एक्स्चेन्जका सीईओ चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको सेयर राखेको पाइएको छ ।
ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा र साउदले श्रीमति शुशीला कुमारी बोहराको नाममा ११,९१२ कित्ता सेयर लिएको पाइएको छ । सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्न अनुमति पाएको छ । यसअघि प्रतिकित्त १०० अंकित मूल्यमा मात्र प्राथमिक सेयर निष्काशन (आइपीओ) जारी गर्न सकिने व्यवस्था थियो ।
बुक विल्डिङ भनिने उक्त विधिबाट सर्वोत्तम सिमेन्टले चुक्ता पुँजीको १५ प्रतिशत बराबर हुने ६० लाख साधरण सेयर जारी गर्ने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टले ७५० रुपैयाँ प्रतिकित्तामा सेयर बेच्न प्रस्ताव गरेको छ । यद्यपि मूल्य भने निर्धारण भैसकेको छैन । नियामक निकाय र ट्रेडिङ प्लेटफर्मका सीईओका परिवारले प्राप्त गरेको १० हजार कित्ता सेयर प्राप्त गरेको विवरण उक्त सिमेन्ट कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएको विवरणमा उल्लेख छ । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७६/७७ मा दिएको बोनस समेत गरी ११ हजार एक सय ९२ कित्ता पुगेको बुझिएको छ ।
पुँजी बजारका नियामक र धितोपत्रको दोस्रो बजारमा कारोबार हुने निकायका व्यक्तिको एकाघरका सदस्यले यसरी सेयर राख्नुले कम्पनीसँग 'गोल्डेन सेयर' माग गरेर लिएको हुनसक्ने त्यसमा उनीहरूको संदिग्ध नियत देखिएको धितोपत्र बोर्डका एक पूर्व अध्यक्षले बताए ।
के हो बुक बिल्डिङ ?
धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ संसोधन गरी २०७६ फागुन १ देखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । खासगरी अर्थतन्त्रका वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्नका लागि यो व्यवस्था गरिएको नेप्सेका पूर्व अध्यक्ष रेवतबहादुर कार्की बताउँछन् ।
बुक विल्डीङमा सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित गरिन्छ । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्छ ।
यो विधिमा आइपीओ जारी गर्दा तीनओटा तरिका अपनाउन सकिन्छ ।
एउटा, अंकित मूल्य १०० राखेर वा प्रति सेयर नेटवर्थको दुई गुणासम्म प्रिमियम थप गरी सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था छ । त्यस्तै, बुक बिल्डिङ विधिमा कम्पनीले नै सेयर मूल्यको तल्लो र माथिल्लो सीमा (दायरा) दिएर आधारभूत विश्लेषणका आधारमा बोलकबोल हुन्छ । सर्वोत्तम सिमेन्टले दिएको मूल्यको दायराभित्र रहेर बजारबाट बोलकबोलका आधारमा मूल्य निर्धारण हुन्छ ।
तेश्रो, कुनै पनि कम्पनीले आइपीओ जारी गर्न चाहेको खण्डमा योग्य संस्थाहरुद्वारा बोलकबोलबाट मूल्य तय भई कटअफ प्राइस निर्धारण हुन्छ । योग्य संस्थाहरुको बोलकबालबाट निर्धारण भएको कटअफ मूल्यबाट नै सर्वसाधारणका लागि मूल्य तय हुन्छ । सर्वसाधारणका लागि आइपीओ निष्कासनमा पुरानै प्रक्रिया यथावत हुन्छ ।

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_lCiddCURy3_faztqfhdl2rxcasrnxmjjpxlenkgakiqthoaccjq0ny6jphakolkyohayoko.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

प्रतिक्रिया