आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अमेरिकामा एकैदिन कोभिड-१९ बाट ३१५७ को मृत्यु

कोभिड-१९ संक्रमणबाट अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ । 

कोभिडबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरूले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सवैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरूले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६ सय ३ जनाको मृत्यु भएको थियो । 

अमेरिकामा कोभिडका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी स‌ंक्रमित भएका छन् । जोन हप्किङ्स विश्‍वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरू अझै पनि अस्पतालमै छन् ।  

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९ सय ११ जनाको फोन आएको छ । (रासस)