नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्दै
जापान पदक तालिकाको शीर्ष स्थानमा
जापान- टोकियो ओलम्पिक २०२० मा नेपालकी जलपरि पौडी खेलाडी गौरीका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाले महिलाको १ सयमिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाको प्रतिस्पर्धा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । गौरीका हिट वानमारहेकी छिन् । गौरीका १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।
ओलम्पिकको चौथो दिनको खेल सकिँदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । जापानले चौथो दिनको खेल सकिदासम्म १० स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १८ पदक जितिसकेको छ । दोस्रो स्थानमा रहेकोअमेरिकाले ९ स्वर्ण, ७ रजत र ८ कास्य गरी २४ पदक हात पारेको छ । तेस्रोमा रहेको चीनले ९ स्वर्ण, ५ रजत र ७ कास्यगरी २१पदक हात पारेको छ ।
ओलम्पिकमा नेपालको तर्फबाट पुरुष पौडीबाट सहभागी एलेक्जेण्डर शाह एलेक्सले मंगलबार पुरुषको १ सय मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए तर हिट चरणबाटै बाहिरिएका छन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया