लुम्बिनी प्रदेशकी उद्योगमन्त्री पाण्डे गम्भीर बिरामी
बुटवल : लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएकी छन् । उनका दुवै खुट्टा नचल्ने समस्या देखिएको छ । खुट्टा शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको र बोल्न सक्ने अवस्थामा नरहेको उनका आफन्तले बताएका छन् ।
आइतबारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौंमा उपचाररत छिन् ।
उनलाई न्युरोसम्बन्धी रोग जिडिएस भएको चिकित्सकले बताएका छन् । उनलाई डाक्टर पंकज जलान र यादव भट्टको टिमले उपचार गरिरहेको छ । चिकित्सकका अनुसार कोभिडको खोप लगाएपछि उनमा यस्तो लक्षण देखिएको हो ।
डाक्टरका अनुसार कुनै व्यक्तिलाई खोप लगाइसकेपछि खुट्टाबाट शिथिल हुदै घाटीसम्म पुग्छ । घाटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसै कसैलाई पक्षघात पनि हुन सक्ने डाक्टरहरुको भनाइ छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्ने पनि अनुमान छ ।
जिडिएस रोगको उपचार पद्धति खर्चीलो छ । हाल दैनिक प्रति सुई १८ हजार खर्चेर दिनको ६ पटक सुइ लगाइएको छ । औषधीसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैया रहेको सांसद पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए ।
मन्त्री बिरामी भएपनि अहिलेसम्म प्रदेश सरकारले बिरामीको उपचारमा सहयोग नगरेको उनले बताए । ‘स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने हामी अन्योलमा छौं,’ मन्त्री श्रीमान लम्सालले भने ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया