जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

सिमकोट - गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ । कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।
उक्त चामल ढुवानी गर्न एक लाख ६८ हजार ५०० रुपैयाँ खर्च भएको उनको भनाइ छ । उनका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्छ ।
कम्पनीले खाद्य वितरण केन्द्र, डिपो र जिल्ला शाखामार्फत उक्त चामल वितरण गर्दै आएको छ । सिमकोट शाखाबाट मात्रै दुवै संस्कारका लागि ८९ क्विन्टल ४० किलो चामल वितरण गरिएको कम्पनीले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसद्मा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न प्रतिव्यक्ति २० किलोका दरले चामल उपलब्ध गराउने घोषणा गरेका थिए । रासस

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया