चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

चीन- चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ ।
चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।
चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।
त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया