चिनियाँ नेतृत्वको ‘बद्नाम’ नगर्न बेइजिङद्वारा अमेरिकालाई आग्रह

बेइजिङ - अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उहाँको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका हुन् ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताएका हुन् । उनी नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् । बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् ।
चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले ‘आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको’ दाबी गरे ।
सोमबार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन सहरमा बिताएका छन् । धेरैले अमेरिका-चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका अर्थ्याएका छन् । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया