पार्टीभित्र र बाहिरबाट आएका टिप्पणी र प्रतिक्रियाबाट पाठ सिक्नुपर्छ : महामन्त्री खड्का

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले देश एवं आम नागरिकप्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री खड्काले कमजोरी भएको भन्दै 'पार्टी महामन्त्रीको नाताले क्षमा याचना' गरेका छन् ।
उनले गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आमप्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिक्नुपर्ने बताएका छन् ।
'गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आम नागरिकप्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविश्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरुरी छ,' खड्काले फेसबुकमा लेखेका छन्, 'हामीबीचबाट जस-जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग म क्षमा याचना गर्दछु ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया