लागुऔषधसहित दुई युवा पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित दुईजना युवालाई पक्राउ गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर पाँच गणेशचोकबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर पाँचका ३० वर्षीय खडानन्द पौडेल र २५ वर्षिय सन्दीप बिक छन् । शंकास्पद रूपमा हिडिरहेका युवालाई चेकजाँच गर्दा तीन सय मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनीहरूलाई जाँच गर्नेक्रममा सन्दीपको बाँया हातको मुठ्ठीभित्र पलाष्टिकमा बेरेको ब्राउनसुगर जस्तो देखिने धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया