आफ्नै कार्यकालमा सबै वडाको भवन बनाउँछुः प्रमुख शाक्य

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको नया र पुनर्निमाण सम्पन्न गर्ने बताएका छन् । सोमबार वडा–२१ को वडा भवन शिलान्यास गर्ने शिलशिलामा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘हामी निर्वाचित भएर आएपछिको महानगरको पहिलो बैठकमा महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ भवनलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–२१ को वडा भवनको आज शिलान्यास गरेका छौँ । यो हाम्रो घोषणा अनुसारकै कार्य हो ।’
शाक्यले यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिए । 'केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,' उनले भने, 'वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।'
शाक्यले केही वडा कार्यालय भवन कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए । मुद्धा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न नसकेको उनले बताए । महानगरपालिकामा फरक–फरक विचारधारा राख्ने जनप्रतिनिधि निर्वाचित भएर आएका भए पनि आफ्नो कार्यकालमा कार्यपालिका र नगरसभाका सबै निर्णय सम्र्वसम्मतिमा अघि बढाउन सफल भएको प्रतिक्रिया दिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया