स्वास्थ्य मन्त्रालयले भन्यो : कोभिडको तेस्रो लहर आउँदैछ, अक्सिजन सिलिण्डर भरेर राख्नू

काठमाडौँ – सरकारले कोभिड संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई निर्देशनात्मक पत्र पठाउँदै अक्सिजनको सिलिण्डर, अक्सिजन प्लान्ट, अक्सिजन टयांक र अक्सिजन कन्सर्नट्रेटर चालु अवस्थामा राख्न भनेको हो ।
मन्त्रालयले भविष्यमा कोभिड संक्रमितको संख्या बढ्न सक्ने भएकोले आपूर्ति केन्द्रले एकहजार अक्सिजन सिलिण्डर भरेर राख्न पनि निर्देशन दिएको छ ।
कडाइका साथ निषेधाज्ञा नहुनु र जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कोभिडको तेस्रो लहरको जोखिम बढेको छ । केही दिन यता तीव्र रुपमा संक्रमण बढेकोले कोभिडको तेस्रो लहर आउने मन्त्रालले जारी गरेको सूचनामा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया