महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान नौ बजे देउवाले नीजि निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बिहान नौ बजे पदाधिकारी बैठकको सूचना आएको जानकारी दिए । ‘बिहान नौ बजेका लागि पदाधिकारी बैठकको सूचना आएको छ,’ अधिकारीले भने, ‘त्यही क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यक्रम पनि छ ।’
क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले शनिबार बसेको पदाधिकारी बैठकमा नै मंगलबारका लागि छानबिन प्रतिवेदन बुझाउने समय मागेका थिए ।
सदस्यताको फाइलबारे भोलिकै पदाधिकारी बैठकबाट निर्णय लिने तयारी देउवाको छ । स्रोतका अनुसार भोलि नै अधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्ने तयारी छ । महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन र क्रियाशील सदस्यता फाइनलबारे बैठकमा छलफल गरी निर्णय लिने तयारी छ ।
शनिबारको पदाधिकारी बैठकले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया