रवीन्द्र मिश्रको प्रस्ताव: संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह(पूर्ण पाठ)

काठमाडौँ - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना गर्दै संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेका छन् । बहस र छलफलका लागि भन्दै ४४ पृष्ठ लामो धारणा सार्वजिनक गर्दै उनले स्थानीय निकायको पुनर्संरचना, संघीयताका र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न बहस चलाउनु पर्ने धारणा अघि सारेका हुन् । उनले संघीयतालाई खारेज गर्नुपर्ने भन्दै यसलाई भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको टिप्पणी गरेका छन् । संघीयता नेपालको अखण्डताका लागि घातक भएकोसमेत उनको धारणा छ । त्यसैले संघीयता खारेज गर्नुपर्ने तर्क उनले गरेका छन् ।
धर्म निरपेक्षताबारे जनमत संग्रह
धर्म निरपेक्षाताका विषयमा जनमत संग्रह गर्नुपर्ने माग उनले अघि सारेका छन् । विभिन्न उदारहण प्रस्तुत गर्दै उनले धर्म निरपेक्ष राष्ट्र कायम राख्ने वा नराख्ने भन्नेबारे जनमत संग्रह गर्नुपर्ने उनको भनाइ छ ।
आयातित गणतन्त्र
उनले धर्म निरपेक्षता जस्तै गणतन्त्र पनि आयातित भएको दाबी गरेका छन् । त्यसको प्रसस्तै प्रमाणहरू रहेको उनको भनाइ छ । उनले संघीयता र धर्म निरपेक्षताबारे जति धेरै आक्रोष देखिएको त्यति गणतन्त्रबारे नदेखिएको भए पनि जनभावना बदलिँदै गएको दाबी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया