प्रदेश प्रमुख परिवर्तनको तयारी

काठमाडौँ – सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा अहिले रहेका प्रदेश प्रमुखलाई हटाउने विषयमा छलफल गर्ने एजेण्डा रहेको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।
तर, नयाँ कसलाई प्रदेश प्रमुख बनाउने भन्ने एकिन भइनसकेकाले आजै गर्ने कि अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने नटुंगिएको ती मन्त्रीको भनाइ छ । गठबन्धन सरकार रहेकाले दलहरूसँग प्रधानमन्त्रीले सैद्धान्तिक छलफल गरे पनि निर्णय आइसकेको छैन । त्यसले आजै हुने कि अर्कोमा हुने निश्चित नभएको बालुवाटार स्रोतले बतायो ।
अहिले प्रदेश १ मा सोमनाथ अधिकारी, प्रदेश २ मा राजेश अहिराज, बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा सीता पौडेल, लुम्बिनी प्रदेशमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक नियुक्त भएका प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ नियुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्न सक्ने व्यवस्था संविधानमा छ । सत्ता गठबन्धनका माओवादी र जनता समाजवादी पार्टीले नाम नदिएको पनि स्रोतले बतायो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया