आत्मालोचना गरेर आउनु भयो भने पार्टीले विचार गर्छः उपेन्द्र यादव

काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमा आत्मालोचना गरेर आए पार्टीमा रहनेबारे सोच्न सकिने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती स्वीकारेर आए पार्टीले विचार गर्ने बताए । ‘हामीले कसैलाई घोक्र्याएर निकालेका होइनौं,’ उनले भने, ‘आफै बाटो बिराएर आफै जानुभयो । मौका दिएकै हो । अध्यक्ष पनि बनाएकै हो । प्रतिगमनकारीलाई साथ दिनु गलत थियो । त्यो कार्य गरेको सार्वजनिक रूपमा आत्मालोचना गरेर आउनु भयो भने पार्टीले विचार गर्छ ।’ उनले आफूहरू पक्षमा दुई तिहाइ सदस्यले सनाखत गरेकोसमेत दाबी गरे ।
आयोगले आज जसपाका नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो । ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।
दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए । यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया