विश्व स्वास्थ्य संगठनलाई हरण गर्न खोज्दैछ अमेरिका
बेइजिङ- हालै विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत चीनमा दोस्रो चरणको कोभिड-१९ (कोरोनाभाइरस) स्रोतको छानबीन गर्ने योजनालाई चीनले अस्वीकार गरेको छ । विश्व स्वास्थ्य संगठने फेरि एक पटक चीनमा कोभिड-१९ को स्रोत खोज्ने योजना सार्वजनिक गरेको हो । यस योजनामा चीनको ऊहान प्रयोगशालामा नियम उल्लंघनका कारण भाइरस चुहिएको विषयको उत्थान् गर्न खोजिएको छ । तर गत मार्चमा विश्व स्वास्थ्य संगठनले नै कोभिड-१९ चीनको प्रयोगशालाबाट निस्किएको होइन भन्ने ठोस कुरा सार्वजनिक गरिसकेको छ ।
यसैबीच, कोभिड-१९ को स्रोत खोजी सम्बन्धी अध्ययनमा चीनको वास्तविक परिस्थितिबारे अन्तर्राष्ट्रिय समाजलाई जानकारी गराउनका लागि चीनले जुलाई २२ तारिख एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनमा चीनका अधिकारी तथा विज्ञहरूले वास्तविक तथ्याङ्क तथा ठोस विषय प्रस्तुत गरेर अमेरिका तथा केही पश्चिमा मुलुकद्वारा सिर्जना गरिएको झुटको खण्डन गरेका छन् ।
साथै चीनले व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत जाने गरी दोस्रो चरणको भाइरस स्रोत खोज्ने योजनालाई अनुमोदन नगर्ने पनि प्रष्ट पारेको छ । हालसम्म ऊहान प्रयोगशालामा कोरोना भाइरस सम्बन्धित कुनै अध्ययन भएको छैन साथै कुनै पनि कर्मचारी वा रिसर्चरहरूमा कोभिड-१९ संक्रमण भएको छैन । यसबाहेक उक्त भाइरस प्रयोगशालामा मानवद्वारा निर्मित नभएको पनि प्रष्ट पारेको छ ।
चीनको विज्ञान प्रतिष्ठान अन्तर्गत ऊहान राष्ट्रिय बायोसेफ्टी प्रयोगशालाका प्रमुख युवान चमिङका अनुसार उच्च जैविक सुरक्षा र उच्चस्तरीय सुरक्षा भएको ऊहान पि-फोर प्रयोगशाला सन् २०१८ मा सञ्चालनमा आएदेखि कुनै पनि भाइरस स्रोत लिक हुने र कोही व्यक्ति संक्रमित हुने घटना भएको छैन ।
यसै गरी, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख चङ यीसिनले हालसम्म सो ऊहान प्रयोगशालाका कुनै कर्मचारी वा रिसर्चरहरू कोभिड-१९ संक्रमित नभएको साथै उक्त प्रयोगशालामा कुनै कोरोना भाइरससित सम्बन्धित अध्ययन नगरेको र मानवबाट निर्मित भाइरस नभएको पनि प्रष्ट पारे । उनले भने, अनुमानको भरमा प्रयोगशालामा नियम कामको उल्लंघनले भाइरस चुहिएको भन्ने भनाइ व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत भएकोले चीनले त्यस योजनालाई स्वीकार गर्ने छैन ।
गत जनवरीमा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञ र चिनियाँ विज्ञबाट गठित संयुक्त विज्ञ दलले चीनमा २८ दिने कोभिड-१९ स्रोतको खोजी अनुसन्धान गरेका थिए । गत मार्च ३० तारिख विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी स्पष्ट निश्कर्ष पेश गर्दै प्रयोगशालाबाट भाइरस लिक बिल्कुलै असम्भव भएको उल्लेख गरेको थियो । त्यस बेला, चीनले विश्व स्वास्थ्य संगठनलाई स्रोत खोजी कार्यमा समर्थन गरेको थियो ।
राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख चङ यीसिनका अनुसार, चीनले विश्व स्वास्थ्य संगठनको विज्ञ दलको कार्यलाई पूर्ण रूपमा समर्थन गरेको थियो साथै विज्ञहरूको भ्रमण चाहनालाई पूरा गरेको थियो । भ्रमण गर्न चाहेको ठाउँ र भेट्न चाहेका व्यक्ति सबैको व्यवस्थापन गरेको थियो । अनुसन्धान खुला तथा पारदर्शी रहेको निश्कर्ष थियो ।
तर, अहिले अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्केपछि आफूले चाहे जस्तो गर्न खोजेको देखिन्छ । त्यस्तो निश्कर्ष अमेरिकालाई मनपरेको थिएन । यसकारण उक्त प्रयोगशालामा नियम उल्लंघनका कारण भाइरस उत्पत्ति भएको भनाइ व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत मात्रै होइन हालको भाइरसको स्रोत खोज्ने योजनामा राजनीतिक हस्तक्षेप स्पष्ट रूपमा देखिन्छ । यसमा अमेरिका हात धोएरलागेको छ ।
त्यसबेला, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विदेशमन्त्रीले समेत चीनमाथि आरोप लगाएका थिए । हाल पनि अमेरिका तथाकथित चीन कोभिड-१९ उद्गमस्थलको धारणा लिएर विश्व स्वास्थ्य संगठन फर्केको छ र संगठनलाई हरण गरी चीनको बदनाम र थप दबाव दिन खोजेको छ । यसै क्रममा, विश्व स्वास्थ्य संगठन महामारीलाई राजनीतिकरण गर्न चाहेको अमेरिकाको पछि लागेको छ ।
विश्व स्वास्थ्य संगठनले अघिल्लो वैज्ञानिक निश्कर्षलाई अस्वीकार गरी चीनको ऊहानका सबै प्रयोगशाला र बजारलगायत क्षेत्रमा दोस्रो चरणको अनुसन्धान गर्न चाहेको छ । संगठनका महानिर्देशक टेड्रोस अढानोम गेब्रेयससले समेत प्रयोगशालाबाट भाइरस लिकको बिल्कुलै असम्भव भन्ने मूल्याङ्कन अपर्याप्त रहेको र यस सम्बन्धमा थप अनुसन्धान गरिनुपर्छ भन्ने भनाइ सार्वजनिक गरेका छन् ।
कोभिड-१९ सर्वप्रथम चीनमा पत्ता लगाइए तापनि यसको उद्गमस्थल चीन नै हो भन्ने ठोस प्रमाण छैन । बरू अमेरिका, स्पेन, फ्रान्स, इटाली, ब्राजिललगायत विभिन्न मुलुकमा चीन अगावै भाइरस देखिएको प्रमाणहरू फेला परिसकेका छन् ।
एक अनुसन्धान अनुसार, सन् २०१९ को मार्च १२ मा स्पेनको फोहोर पानी नमूनामा गरिएको न्यूक्लिक एसिड परीक्षणमा कोभिड-१९ भेटिएको थियो । यसै गरी सन् २०१९ अक्टुबरमा इटालीमा लिइएको रक्त नमूनामा र त्यसै गरी नोभेम्बरमा नै अमेरिकामा फेला परेको अनुसन्धानबाट देखिएको छ ।
हाल, कोभिड-१९ महामारी फैलिएको डेढ वर्ष भइसकेको छ । यता, चीनका प्राय क्षेत्रहरू सामान्य बनिसकेको अवस्था छ र अर्थव्यवस्था पनि पुनरूत्थान भइसकेको छ । तर अमेरिकालगायत विभिन्न मुलुकमा अझै स्थिति सामान्य भइसकेको छैन । अमेरिकाले आन्तरिक रूपमा महामारी नियन्त्रण विफल भएको अवस्थामा भाइरस उद्गमस्थलको प्रश्न उठाएर विश्वको ध्यान तान्न खोजेको देखिन्छ ।
विशेषत अमेरिका चीनमाथि भाइरस चुहावट सिद्धान्तको प्रचार-प्रसार गरिरहेको छ । यो अमेरिकाले विगतमा इराकमा आम विनाशकारी हतियार रहेको उल्लेख गरी आक्रमण गरे जस्तै चीनप्रति जबरजस्ती गर्न खोजेको देखिन्छ ।
यसैबीच, जेनेभास्थित संयुक्त राष्ट्र संघका ४८ वटा स्थायी प्रतिनिधि कार्यालयले विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई पत्र पठाई विश्वव्यापी कोभिड-१९ को स्रोत खोजी अध्ययनमा राजनीतिकरण गर्न खोजिएको प्रति ध्यानाकर्षण गराएका छन् । विश्व स्वास्थ्य संगठनले पुनःअनुसन्धान गर्ने निर्णय गरेपछि ५५ वटा मुलुकले भाइरस स्रोत खोजीलाई राजनीतिकरण नगर्न विरोध सन्देश समेत पठाएको छ ।
मानव जातिको शत्रु भाइरसको विषयमा वैज्ञानिक अनुसन्धान तथा विज्ञानलाई पन्छाएर राजनीतिकरण गरिनु उचित होइन । सम्पूर्ण मानव जातिको हितका लागि यस खतरनाक भाइरसको अन्त्य गर्न आवश्यक अध्ययन र सहकार्य तथा खोपको निर्माण र सहजीकरणमा लाग्नु जरूरी छ ।

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

प्रतिक्रिया