लगातारको वर्षाले विद्यालय भवनमा क्षति

सिमकोट- यही साउन ६ गतेदेखिको अविरल वर्षाका कारण जिल्लाको चंखेली गाउँपालिकामा रहेको विद्यालयमा क्षति पुगेको छ । चंखेली–४ को तल्लोपालिमा रहेको गणेश आधारभूत विद्यालय भवन वर्षाले भत्काएको हो ।
माथिबाट खसेको ढुङ्गाले विद्यालयको कक्षा १ र २ को कक्षा कोठा पूर्ण रुपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक सकराम ऐडीले जानकारी दिए । विद्यालयमा रहेको भौतिक सामग्रीलगायत विभिन्न सङ्घसंस्थाले सहयोग गरेका सामग्रीमा पनि क्षति पुगेको ऐडीले बताए । क्षति पुगेको विद्यालय भवन मर्मतको लागि चंखेली गाउँपालिकालाई अनुरोध गरिएको प्रधानध्यापक ऐडीले बताए ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया