एन्फा भन्छ- औपचारिक जानकारी आएको छैन, नेम्बाङ भन्छन्- आरोपमाथि छानबिन हुनुपर्छ

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । विशेषगरी फेसबुकमा र इन्सटाग्राममा उनी नेपाली फुटबल समर्थकहरूसँग भलाकुसारी गर्ने गर्छन् । गत अप्रिलमा मुख्य प्रशिक्षकमा नियुक्त भएदेखि नै अल्मुताइरी सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
प्राय: जसो नेपाली टिमलाई बलियो समर्थन गरौँ भन्ने खालका स्टाटस अल्मुताइरीले लेख्दै आएका छन् । यसबाट नेपाली समर्थकहरू उत्साहित देखिन्थे । कमसेकम अल्मुताइरीको स्टाटस मुनि आउने प्रतिक्रियाहरूले यही देखाउने गरेको छ । तर आइतबार भने अल्मुताइरीको फेसबुक अकाउन्टमा फरक किसिमको स्टाटस आयो । जसमा लेखिएको थियो, ‘म एन्फा समक्ष राजीनामा बुझाउँदैछु ।’
राजीनामा दिनुको मुख्य कारण, एन्फाका उपाध्यक्ष पंकज नेम्बाङ भएको उनले दाबी गरेका छन् । उनले नेम्बाङलाई आरोप पनि लगाएका छन्, बारम्बार समस्या खडा गरेको भनेर । अल्मुताइरीको यस्तो स्टाटस आएपछि सामाजिक सञ्जालमा अल्मुताइरीको समर्थन र नेम्बाङको विरोधमा प्रतिक्रिया आइरहेका छन् । यसको मुख्य कारण, अल्मुताइरीले सामाजिक सञ्जालमा समर्थकमाझ स्थापना गरेको सम्बन्ध नै हो । अल्मुताइरीलाई मन पराउने समर्थकहरूले सामाजिक सञ्जालमा नेम्बाङको चर्को आलोचना गरिरहेको देखिएको छ ।
के भन्छन् नेम्बाङ ?
उनले पत्रकारहरूसँग भने, ‘ममाथि षड्यन्त्र भयो ।’ उनले एन्फाले छानबिन गर्नुपर्ने पनि बताएका छन् । ‘एन्फाले यस विषयमा छानबिन गर्नुपर्छ । म दोषी देखिए राजीनामा दिन तयार छु । छानबिनबाट म दोषी भए म कारबाहीको भागिदार बन्नुपर्छ । अरु दोषी देखिए त्यही अनुसारको कदम चालिनुपर्छ । तर छानबिन चाँहि हुनुपर्छ र अहिले देखिएको समस्याको समाधान हुनुपर्छ ।’
उता एन्फाका प्रवक्ता किरण राईले आफूहरूकोमा औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको प्रतिक्रिया दिएका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा राखेको स्टाटस देखेको तर औपचारिक रुपमा वा लिखित रुपमा केही नबुझाएको प्रवक्ता राईको भनाइ छ ।
अल्मुताइरी कतारी फुटबल संघको आर्थिक सहयोगमा नेपालका मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । एएफसी प्रो–लाइसेन्स भएका अल्मुताइरीलाई एक वर्षका लागि जिम्मेवारी दिइएको हो । गत महिना कुवेतमा नेपालले उनकै प्रशिक्षणमा विश्वकप तथा एसियन कपको छनौटमा भाग लिएको थियो । आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि पनि उनले अभ्यास गराइरहेका छन् ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया