यसपटकको साफ च्याम्पियनसिप नेपालमा

काठमाडौँ- नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न औपचारिक प्रस्ताव प्राप्त भएको छ । दक्षिण एसियाली फुटब महासंघ (साफ) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै आगामी अक्टोबरमा १३ औँ साफ च्याम्पियनसिप आयाेजना गर्न प्रस्ताव राखेको हो । एन्फाले आइतबार यसबारे जानकारी गराएको छ ।
बंगलोदशले कोभिड–१९ महामारीका कारण साफ आयोजना गर्न नसक्ने बताएपछि नेपाल आयोजक बन्न तम्सिएको थियो । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता आयोजना गर्न आफूहरु तयार रहेको भन्दै एन्फाका महासचिव इन्द्रमान तुलाधरले साफ महासचिव अनवारुल हकलाई पत्र लेखेका थिए । त्यही पत्रको जवाफ एन्फाले प्राप्त गरेको हो ।
यद्यपि आयोजकका विषयमा औपचारिक निर्णय भने एन्फाले विस्तृत प्रस्ताव पेश गरेपछि मात्रै हुनेछ । एन्फा महासचिव तुलाधरले आफूहरुले चाँडै नै विस्तृत प्रस्ताव साफमा पेस गर्ने जानकारी दिए ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । सन् १९९७ मा पहिलो पटक साफ च्याम्पियनसिप आयोजना गरेको नेपाल सन् २०१३ मा पनि आयोजक बनेको थियो । काठमाडौँमा भएको त्यस साफमा नेपालले सेमिफाइनसम्मको यात्रा तय गरेको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन भने भारत सर्वाधिक सात पटक च्याम्पियन बनेको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया