शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा घोषणा

तस्बिर : एन्फाको फेसबुक पेजबाट ।

काठमाडौँ - नेपालको पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै कुवेती नागरिक अल्मुताइरीले आफूले राजिनामा दिने बताएका हुन् ।

‘प्रिय नेपाली फुटबल समर्थकहरू, आज म एन्फा पुगेर राजीनामा दिँदैछु । मैले राजीनामा दिनुका कारण एन्फा उपाध्यक्ष पंकज नेम्बाङ हुन् । किनभने पछिल्ला तीन सातादेखि उनले मसँग ड्रामा गरिरहेका छन्,’ अल्मताइरीले फेसबुकमा लेखेका छन् । 

अल्मुताइरी गत अप्रिलमा नेपाली सिनियर (पुरुष) टिमको मुख्य प्रशिक्षकमा निुयक्त भएका थिए । उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप तथा एयिसयन कप छनौट खेलेको थियो ।